वर्षाले प्रभावित खेलमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै आइपिएलको प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।
डिएल मेथडमा उसले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको दिल्ली अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।
दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस जितेर रोयल्सले दिल्लीलाई ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो। १८ औं ओभरको १ बलमा वर्षाले खेल प्रभावित हुँदा कप्तान श्रेयास ऐयर र ऋषभ पन्तको अर्धशतकको मद्दतमा दिल्लीले ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो। पन्तले ६९ र ऐयरले ५० रन प्रहार गरे भने प्रिथिभी शाहले पनि ४७ रनको योगदान दिए।
पानीले अवरोध गरेको खेलमा राजस्थानले १२ ओभरमा एक सय ५१ रनको लक्ष्य पाएको थियो। ओपनिङमा आएका जोस बटरले २६ बलमा ६७ रन हानेर जितको बलियो आधार बनाएका थिए। त्यस्तै अर्का ओपनर डिआर्की सर्टले २५ बलमा ४४ रनको योगदान दिए। त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा राजस्थान १२ ओभरमा ५ विकेट गुमाएर उसले १ सय ४६ मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा राजस्थालाई १५ रन आबश्यक परेको थियो भने अन्तिम २ बलमा १० रन चाहिएको थियो। ११.४ ओभरको बलमा चौका प्रहार भए पनि अन्तिम बलमा ६ रन चाहिएको थियो। तर राजस्थानका ब्याट्सम्यान क्रिस्नपा गोथामले एक रन मात्र जोड्न सफल भए।
योसँगै दिल्लीले ९ खेलबाट ३ जित सहित ६ अंक लिएर तालिकाको छैटौं स्थानमा उक्लिएको छ। राजस्थान भने साथौँ स्थानमा झरेको छ।