आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधि एपिएफले उचालेको छ।
मंगलबार अपरान्ह भएको उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपिएफले उपाधि उचालेको हो। फाईनलमा एपिएफसँग पराजित प्रदेश नं. १ उपबिजेतामा चित्त बुझाउन बाध्य भयो । महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश तेस्रो भयो।
टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन बनाएको थियो । जसमा ज्योती पाण्डेले सर्वाधिक ४५ र सिताराना मगरले ४२ रनको योगदान दिए।
बलिङ तर्फ प्रदेश १ की रूविना क्षेत्री, सवनम राई र संगीता राईले समान ३/३ विकेट लिए पनि जिताउन सकेनन्।
१२९ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १ ले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ४१ रनमा समेटियो।
खेलमा रश्मि शर्मा चौलागाई अविजित रहँदै २७ रन जोडेकी थिइन्।
बलिङ तर्फ एपिएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २/२ विकेट लिए।
खेलमा प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन्। त्यसैगरी वेस्ट वलर प्रदेश नं. १ की संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ की कबिता जोसी, प्लेयर अफ द टुनामेन्ट प्रदेश नं. १ की रूविना क्षत्री भइन्।