कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ।
गएराति लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
कोलकाताले ११ खेलबाट १६ अंक जोडेको छ। यसअघि शीर्षस्थानमा रहेको राजस्थान रोयल्स दोस्रो स्थानमा झरेको छ। यद्यपि राजस्थानले १० खेल खेलेको छ।
गएराति कोलकाताले लखनउमाथि उसकै घरमा ९८ रनको फराकिलो जित हात पारेको हो।
कोलकाताले २३६ रनको लक्ष्य प्रस्तुत गरी लखनउलाई १६.१ ओभरमै अल आउट गरेको हो। अल आउट हुनुअघि लखनउले १३७ रनमात्रै बनायो।
मार्कस स्टोइनिसले ३६ रन र कप्तान केएल राहुलले २५ रनमात्रै बनाए। कोलकाताले आयुष बदोनीलाई १५ रनमा, निकोलश पुरनलाई १० रनमा र एस्टोन टर्नरलाई १६ रनमा आउट गर्यो। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ कोलकाताका हर्षित राणा र वरूण चक्रवर्थीले समान ३/३ विकेट लिए। आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारायणले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन जोडेको थियो।
त्यसका लागि सुनिल नारायणले सर्वाधिक ८१ रन बनाए। उनले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गरे।
त्यस्तै फिल सल्टले १४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे। अंक्रुश रघुवंशीले ३२ रन, रमनदीप सिंहले २५ रन, श्रीयश ऐयरले २३ रन र आन्द्रे रशेलले १२ र रिंकु सिंहले १६ रन जोडे।
बलिङतर्फ लखनउका नवीन उल हकले ३ तथा यश ठाकुर, रवी बिस्नोई र युधविर सिंहले १/१ विकेट लिए।