आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेदरल्यान्ड्सले राष्ट्रिय टोली घोषणा गरेको छ।
१५ सदस्यीय टोलीमा अनुभवी अलराउन्डर रोइलोफ भान मर्वे र प्रमुख ब्याट्सम्यान कोलिन अकरम्यान समावेश छैनन्। स्पिनर टिम प्रिन्गल, युवा बलर काइल क्लेन र ओपनर माइकल लेभिटले विश्वकप टोलीमा स्थान बनाएका छन्।
लेभिटले फेब्रुअरीमा नेपालमा खेलिएको त्रिकोणीय शृंखलामा नामिबियाविरुद्ध ६२ बलमा शतक प्रहार गरेका थिए।
नेदरल्याण्ड्सको टोली: स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीड, डेनियल डोरम, फ्रेड क्लासेन, काइल क्लेन, लोगान भान बीक, म्याक्स ओ'डाउड, माइकल लेभिट, पल भान मिकेरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह, भिव किंगा, वेस्ली ब्यारेसी
नेदरल्यान्ड्स नेपाल रहेको समूह ‘डी’ मा छ। समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्। नेपाल र नेदरल्यान्ड्सबीचको खेल जुन ४ मा डालासको ग्रान्ड प्रियरी मैदानमा हुनेछ।