नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको लागि तयारी गरिरहेको छ। हाल मिनिअक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सकिएको छ।
यसै महिना मिनिअक्सन हुने बताइएको छ। त्यसपछि विदेशी खेलाडी भित्र्याएपछि टोली पूरा हुनेछन्। यो सिजनको लिग नोभेम्बरमा हुने तयारी गरिएको छ। त्यसका लागि त्रिवि मैदानको पुनर्निर्माण सकिने र फ्लड लाइडमा खेल हुने बताइएको छ।
क्यानका सचिव पारस खड्काले दोस्रो संस्करणको एनपिएलको विषयमा सुदूरपश्चिम रोयल्सको पडकास्टका कुराकानी गरका छन्।
उनले पहिलो संस्करणको अनुभवपछि व्यवस्थापन अझ व्यवस्थित हुने प्रयास गरिने तथा प्रत्येक दिन १० देखि १२ हजार दर्शकहरू मैदानमा उपस्थित हुने अपेक्षा गरिएको बताए।
त्रिवि मैदानमा नयाँ सिटहरू थप्ने र भीआईपी क्षेत्रसहित करिब २-३ हजार मानिसलाई व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।
हाल रंगशालाको मर्मत र स्तरोन्नति भइरहेको छ। अहिले साधारण प्यारापिटमा १० हजार दर्शक अट्नेछन्। भिआइपिएमा थप दुई हजार दर्शक अट्नेछन्। त्रिवि मैदानमा भविष्यमा २५,००० दर्शक क्षमता पुर्याउने लक्ष्य राखेको छ।
दोस्रो संस्करणमा फ्लडलाइटमा डे-नाइट म्याच हुने सम्भावना बढी छ। प्रतियोगिताको तालिका जाडोको सुरुवातमा पर्नेछ। त्यसैले राति सित पर्ने सम्भावना भएकले त्यसलाई सम्बोधन गरेर तालिका बनाइने उनले बताए।
एनपिएलको दोस्रो सिजनमा डीआरएस उपलब्ध हुने बारे उत्सुकता रहे पनि यो प्रविधि महँगो भएकोले तत्काल नहुने उनले बताए।यद्यपि भविष्यमा यसको प्रयोग गर्ने आशा गरिएको छ।
छक्काको दुरी र बलको गति मापन गर्ने प्रविधिमा पनि काम भइरहेको र त्यो सरप्राइजहुन सक्ने पारसले बताए।
प्रसारणको हकमा, एनपिएल स्टार स्पोर्ट्समा अन्तर्राष्ट्रिय रूपमा र स्थानीय रूपमा पनि प्रसारण हुनेछ उनले बताए।
पहिलो सिजनमा भीड व्यवस्थापन, सुरक्षा र टिकट वितरणमा केही चुनौतीहरू देखिएको थियो। दोस्रो सिजनमा यी चुनौतीहरूलाई व्यवस्थित गर्ने प्रयास गर्ने पारसले बताए।