इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबा चेल्सीले कमजोर प्रतिद्वन्द्वीसँग लज्जास्पद हाल व्यहोरेको छ।
तुलनात्मक रुपमा कमजोर मानिएको बोर्नमाउथसँग ३-० को हार व्यहोर्दै चेल्सीले लिभरपुललाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लने मौका समेत गुमायो।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको पाहुना टोली बोर्नमाउथले ५१ औं मिनेटमा कालम विल्सनले गोलबाट अग्रता लियो। ६४ औं मिनेटमा जुनियर स्टानिसलास र नाथन एकेले ६७ औं मिनेटमा गोल गरेका थिए।
१६ मिनेट भित्रै तीन गोल खाएको चेल्सीले खेलमा फर्किने प्रयास गरेर पनि सफल हुन सकेन।
बोर्नमाउथको लिगका पछिल्ला सात खेलमा यो पहिलो जित हो भने चेल्सीको यो सिजन लिगमा दोस्रो खराब हार हो।
हारपछि चौथो स्थानमा झरेको चेल्सीको २५ खेलबाट ५० अंक छ। समान खेलबाट समान अंक रहेको लिभरपुल गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ।
बुधबारको खेलमा जित वा बाराबरी नजितामा मात्रै निकालेको भए चेल्सी तेस्रो स्थानमा उक्लने थियो। चेल्सीलाई हराउँदै दशौँ स्थानमा उक्लिएको बोर्नमाउथको २८ अंक भएको छ।