स्पानिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले तेस्रो स्थानको भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। जितपछि एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ९ मा जारेको छ।
बार्सिलोनाले भने हिजो स्पानयोलसँग १-१ को बराबरी खेलेको थियो। घरेलु मैदानमा एथ्लेटिकोलाई जित दिलाउन ५९औँ मिनेटमा एन्जल कोरेअले गरेको गोल नै निर्णायक बनेको थियो।
जितपछि २२ खेलबाट एथ्लेटिकोको ४९ अंक भएको छ। समान खेलबाट ५८ अक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ भने भ्यालेन्सियाको ४० अंक छ।