लिभरपुलले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई ५ – ० ले हराएको छ। लिभरपुलको जितमा साडियो मानेले ह्याट्रिक गरेका थिए।
यस्तै रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक–एक गोल गरेका थिए। जितसँगै लिभरपुलले पोर्टोमाथि समग्रमा ५ – ० को अग्रता बनाएको छ। यससँगै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ।
दोस्रो लेगमा झिनो अन्तरको हार र बराबरी खेलेपनि लिभरपुलले क्वाटरफाइनलको यात्रा तय गर्नेछ। पोर्टोलाई भने अर्को चरणमा पुग्न दोस्रो लेगमा फराकिलो जित निकाल्नैपर्ने हुन्छ। दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा मार्च ६ मा हुनेछ।
पहिलो हाफको २५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २९ औं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २ – ० को अग्रता बनायो। योसँगै सलाह एकै सिजन सबै खाले प्रतियोगितामा ३० गोल गर्ने दोस्रो खेलाडी बनेका छन्।