च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग ३–१ ले पराजित भएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु लिगमा जितलाई निरन्तरता दिएको छ।
रियल मड्रिडफ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले स्ट्रास्बोउर्गलाई ५–२ ले हराउँदै १२ अंकको अग्रता कायमै राखेको छ।
घरेलु मैदानमा खेलको छैठौं मिनेटमा एहोलोउको गोलबाट स्ट्रास्बोउर्गले सुरूवाती अग्रता लिएको थियो। तर त्यसको चार मिनेट पछि जुलिएन ड्रेक्सलरले १० औँ मिनेटमा गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए।
त्यसपछि नेइमारले २१ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए। लगत्तै एन्जल डी मारियाले २२ औँ मिनेटमा गोल गर्दै खेलमा ३-१को अग्रता कायम राखे।
पहिलो हाफ ३-१ ले अगाडि रहेको पिएसजी दोस्रो हाफमा पनि आफ्नो लय छोडेन। उसका लागि एडिसन काभानीले दोस्रो हाफमा २ गोल थपे। उनले ६ मिनेटको अन्तरमा (७३औं र ७९ औँ मिनेट) मा गोल गरेका हुन्।
स्ट्रास्बोउर्गका बाहोकेनले ६७ औँ मिनेटमा गोल गरे पनि त्यो पिएसजीलाई रोक्न पर्याप्त भएन।
गएरातिको जितसँगै पिएसजीको २६ खेलबाट ६८ अंक भएको छ। ऊ दोस्रो स्थानको मोनाको भन्दा १२ अंकले अघि छ। शनिबार राति नै डिजोनलाई ४ – ० ले हराएको मोनाकोको ५६ अंक छ । ३० अंक जोडेको स्ट्रासबर्ग लिगको १४ औं स्थानमा छ ।