इंग्लिस प्रिमियर लिगमा लिभरपुलले नाटकीय जित हात पारेको छ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको लिभरपुलले न्युकासललाई २-१ गोलले हरायो।
खेलको २५ मिनेटमा गोर्डोनको गोलबाट न्युकासलले अग्रता लियो।
२८ मिनेटमा भान डाइकले रातो कार्ड पाउदा लिभरपुल १० खेलाडीमा सीमित भयो।
लिभरपुलका लागि नुनेजले ८१ मिनेटमा बराबरी गोल फर्काए।
इन्जुरी टाइमको तेस्रो मिनेटमा नुनेजले नै गोल गर्दा लिभरपुलले जित निकाल्यो।
लिगमा लिभरपुल ३ खेलबाट ७ अंक जोड्दै चौथो स्थानमा छ।