युरोपियन च्याम्पियन्स लिग २०२३/२४ को ड्र सार्वजनिक गरिएको छ। युरोपका विभिन्न ३२ टिमलाई ४-४ टिमको आठ समूहमा विभाजन गरिएको हो।
समूह ए: बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, कोपेनहेगन, गालाटासारे
समूह बी: सेभिया, आर्सनल, पीएसभी, लेन्स
समूह सी: नापोली, रियल म्याड्रिड, ब्रागा, युनियन बर्लिन
समूह डी: बेन्फिका, इन्टर मिलान, आरबी साल्जबर्ग, रियल सोसिडाड
समूह ई: फेयेनुर्ड, एट्लेटिको म्याड्रिड, लाजियो, सेल्टिक
समूह एफ: पीएसजी, बोरुसिया डर्टमण्ड, एसी मिलान, न्युकासल
समूह जी: म्यानचेस्टर सिटी, आरबी लाइपजिग, रेड स्टार बेलग्रेड, यंग ब्वाइज
समूह एच: बार्सिलोना, पोर्टो, शाख्तर डोनेस्क, रोयल आन्थ्रोप
यो सिजनको लिगका खेल सेप्टेम्बर १९ देखि सुरु हुनेछन्। समूह चरणका खेल डिसेम्बर १३ मा सकिनेछ।
नकआउट चरण १३ फेब्रुअरीमा सुरु हुनेछ। फाइनल १ जुन २०२४ मा लन्डनमा हुनेछ।