म्यानचेस्टर सिटीका कीर्तिमानी स्ट्राइकर एर्लिङ हालान्ड २०२२/२३ को युइएफए वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
सिटीले प्रिमियर लिग, एफए कप र यूईएफए च्याम्पियन्स लिग च्याम्पियन हुँदै ट्रेबल हासिल गर्दा २३ वर्षीय खेलाडी हालान्डले उत्कृष्ट खेल देखाएका थिए।
गत सिजन उनले सबै प्रतियोगितामा ५३ खेलमा ५२ गोल गरेका थिए।
हालान्डले च्याम्पियन्स लिगमा १२ र प्रिमियर लिगमा ३६ गोल गर्दै दुवै प्रतियोगितामा शीर्ष स्कोरर बनेका थिए।
उनले सिटीकै केभिन डे ब्रुइन र लिओनल मेसीलाई भोटिङमा पछि पारे।
भोटको नतिजा
१ एर्लिङ हालान्ड (नर्वे र म्यानचेस्टर सिटी) – ३५२ अंक
२ लियोनेल मेसी (अर्जेन्टिना र पेरिस, अहिले इन्टर मियामीमा) – २२७ अंक
३ केभिन डे ब्रुइन (बेल्जियम र म्यानचेस्टर सिटी) – २२५ अंक
४ इकाली गुन्डोगन (जर्मनी र म्यानचेस्टर सिटी, अहिले बार्सिलोनामा) – 129 अंक
५ रोड्रि (स्पेन र म्यानचेस्टर सिटी) – ११० अंक
६ केलियन एमबाप्पे (फ्रान्स र पेरिस) – ८२ अंक
७ लुका मोड्रिच (क्रोएसिया र रियल म्याड्रिड) – ३३ अंक
८ मार्सेलो ब्रोजोभिच (क्रोएसिया र इन्टर, अहिले अल नासरमा) – २० अंक
९ डेक्लान राइस (इंग्ल्याण्ड र वेस्ट ह्याम, अहिले आर्सनलमा) – १४ अंक
१० एलेक्सिस म्याक एलिस्टर (अर्जेन्टिना र ब्राइटन, अहिले लिभरपुलमा) – १२ अंक
११ जेसस नाभास (स्पेन र सेभिल्ला) – ६ अंक
यस्तै म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला २०२२/२३ युइएफए वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए।