अञ्जन विष्टले पाएको पेनाल्टी अवसरमा गोल गर्न नसक्दा नेपालले म्यानमारसँग बराबरी खेलेको छ।
शुक्रबार म्यानमारको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको हो।
खेलको ६३ मिनेटमा म्यानमारका फियो विनले बलले हातले छोए पछि नेपालले पेनाल्टी पाएको थियो।
तर प्राप्त अवसरमा नेपालका अञ्जनको प्रहारलाई म्यानमारका गोलकिपरले जिन फ्योले विफल पारिदिए।
अञ्जन चुकेसँगै नेपालले फिफा वरीयतामा आफूभन्दा माथिको टिमविरुद्ध जित निकाल्न असफल भयो।
अब नेपाल र म्यानमारबीच सोमबार दोस्रो खेल हुनेछ।