अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीमाथि जापानले सानदार जित हात पारेको छ। जर्मनीमा भएको खेलमा जापानले ४-१ गोलको जित हात पारेको हो।
खेलको ११ मिनेटमा इटोको गोलबाट जापानले अग्रता लिएको थियो। तर १९ मिनेटमा जर्मनीका लिरोए सानेले बराबरी गोल फर्काए।
२२ मिनेटमा उइडाले गोल गरेपछि जापानले खेलमा दोस्रो पटक अग्रता लिएको थियो।
जापानका लागि तेस्रो गोल असानोले ९० मिनेटमा र चौथो गोल तनाकाले इन्जुरी टाइमको दोस्रो मिनेटमा गरे।
मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक गम्भीर दबाबमा परेका छन्।
जर्मनीको यो सन् २०२० मा स्पेनसँगको नेसन्स लिगमा ६-० ले पराजित भएपछिको सबैभन्दा ठूलो धक्का हो।
बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकले अगस्ट २०२१ मा जोआकिम लोलाई प्रतिस्थापन गरेपछि आफ्नो २५ खेल मध्ये १२ मात्रै जितेका छन्।
जर्मनी पनि २०२२ को विश्वकपमा जापानसँग २-१ ले हारेको थियो।
युरो २०२४ को आयोजना गर्ने जर्मनीले मंगलबार डर्टमण्डमा २०२२ को विश्वकपको फाइनलमा पुगेका फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।