अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले हारको ऋंखला तोडेको छ।
जर्मनीले बुधबार भएको खेलमा फ्रान्समाथि २-१ गोलको जित निकाल्यो।
जर्मनीका लागि थोमस मुलरले खेलको चौथो मिनेटमा पहिलो गोल गरे।
लिरोए सानले ८७ मिनेटमा अग्रता दोब्बर पारेका थिए।
खेल सकिन एक मिनेट बाँकी छदा फ्रान्सका ग्रिजम्यानको पेनाल्टी गोल सान्त्वनामा सीमित बन्यो।