इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई ३-१ गोलले हराएको छ।
पहिलो हाफमा एक गोलले पछि परे पनि लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो।
खेलको सातौं मिनेटमा हि चानको गोलबाट वुल्भसले अग्रता लियो।
लिभरपुलका लागि गाप्कोले ५५ मिनेटमा बराबरी गोल गरे भने रोबर्टसनले ८५ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दिलाए।
इन्जुरी टाइममा बुइनोले आत्मघाती गोल गर्दा लिभरपुलको अग्रता ३-१ मा पुगेको थियो।
लिगमा लिभरपुल ५ खेलबाट १३ अक जोड्दै दोस्रो स्थानमा छ। वुल्भ्स ३ अंक जोडेर १५औं स्थानमा रहेको छ।