अखिल नेपाल फुटबल संघ (एन्फा) र सी डिभिजन क्लबबीच मंगलबार एन्फा कम्प्लेक्समा भएको बैठकले तीन सदस्यीय समन्वय समिति गठन गरेको छ।
बैठकले संयोजकमा महावीर क्लबका अध्यक्ष दिवाकर घले, सहायक संयोजकमा सुशील सुवेदी र सदस्यमा विवेक राईलाई नियुक्त गरेको छ।
प्रतियोगिता र अन्य विषयमा समितिले सी डिभिजन क्लब र एन्फासँग मिलेर काम गर्नेछ।
बैठकमा प्रतियोगिताका विभिन्न विषयमा छलफल भई एन्फा र सी डिभिजन क्लबबीच सहजीकरणका लागि समिति गठन गर्ने सहमति भएको थियो।
भेटमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, सी डिभिजन क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।