नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरलाई आइकोनिक खेलाडीको रूपमा चितवन एफसीले अनुबन्ध गरेको छ।
सोमबार विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत् चितवनले अनुबन्ध गरेको जानकारी दिएका हुन्।
‘जिन्दगीमा अनेकौं उतारचडाव आउँछन्। उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र व्यवहारिकपन पनि बढ्ने रहेछ! त्यसैक्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरें। तर पनि मलाई माया गरेर पुन: मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकोनिक प्लेयरको रूपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफ.सीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु!
विमल शुक्रबार अस्ट्रेलियातर्फ गएका हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए।
सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए।
त्यसपछि युरोपका विभिन्न क्लबमा ट्रायल दिएका विमलले गत सिजनको लिग मछिन्द्र एफसीबाट खेलेका थिए।