उदयपुरको वेलका नगरपालिकामा जारी प्रथम आमन्त्रित मिनी-गोल्डकपमा 'तालतलैया इटहरी' लाई हराउँदै 'पूर्वाञ्चल एपिएफ' सेमिफाइनल प्रवेश गरेको छ।
आइतबार वेलका-५ स्थित लालबजार फुटबल मैदनमा भएको खेलमा पूर्वाञ्चल एपिएफले तालतलैया इटहरीलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
खेलको पहिलो हाफमा एपिएफ पूर्वाञ्चलले २-० गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा भने तालतलैयाले एक गोल फर्काएको थियो।
खेलमा म्यान अफ द म्याच पूर्वाञ्चलका हरि कार्की भए। उनले नगद एक हजार रूपैयाँ प्राप्त गरे।
भोलि 'बेलटार युनाइटेड युथ उदयपुर' र 'सप्तकोशी' बीच खेल हुने छ।
प्रतियोगिताको विजेताले पचास हजार रूपैयाँ र उपविजेताले ३० हजार रूपैयाँ पाउने छ। फाइनल खेल असोज २८ गते हुने छ।