युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा स्पेन र नर्वेले जित हात पारेका छन्।
समूह ‘ए’ को छनोटमा स्पेनले शीर्ष स्थानको स्कटल्यान्डलाई २-० गोलले पराजित गर्यो।
स्पेनको जितमा मोराटाले ७३ मिनेट र सानसेटले ८६ मिनेटमा गोल गरेका थिए।
यो समूहको अर्को खेलमा नर्वेले साइप्रसलाई ४-० गोलले पराजित गर्यो।
नर्वेको जितमा सोर्लोथले ३३ मिनेटमा पहिलो गोल गर्दा हालान्डले ६५ र ७२ मिनेटमा गरी दुई गोल गरे। अर्सनेसले ८१ मिनेटमा चौथो गोल थपेका थिए।
समूहमा पराजित भएसँगै युरोपियन च्याम्पियनसिपमा छनोट हुन शीर्ष स्थानको स्कटल्यान्डले कुर्न पर्ने भएको छ।
स्कटल्यान्ड १५ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्पेनको १२ अंक र तेस्रो स्थानको नर्वेको १० अंक भएको छ।