युरोपियन च्याम्पियन्स लिगमाएट्लेटिको मड्रिडले सेल्टिकविरूद्ध गोलको वर्षा गरेको छ।
मड्रिडमा बुधबार राति भएको खेलमा पाहुना टोली सेल्टिकविरुद्धएट्लेटिकोले ६ गोल गरेको हो।
खेलमा एन्टोइन ग्रिजमन र एल्भारो मोराटाले २/२ गोल तथा शामुयल लिनो र सउल निगेजले एक/एक गोल गरे।
पहिलो हाफको छैटौं मिनेटमा ग्रिजमनले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा एल्भारो मोराटाले गोल गरे।
दोस्रो हाफमा पनि ग्रिजमनले नै गोलको सुरूवात गरे। ६० औं मिनेटमा उनले गोल गर्दा ६६ औं मिनेटमा शामुयल लिनोले गोल गर्दै टिमलाई ४-० को अवस्थामा पुर्याएका थिए।
त्यसपछि ७६ औं मिनेटमा एल्भारो मोराटा र ८४ औं मिनेटमा सउल निगेजले गोल गर्दाएट्लेटिको सेल्टिकविरूद्ध ६-० अन्तरले विजयी भएको हो।
समूह ‘ई’ मा रहेकोएट्लेटिकोले चार खेलमध्ये २ जित र २ बराबरी खेलेर ८ अंकसहित समूहको शीर्ष स्थानमा छ।