अखिल नेपाल फुटबल संघ (एन्फा) मा आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
एक खेलाडीले बुधबार अख्तियारमा एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईसहितका पदाधिकारीमाथि आर्थिक अनियमिताको आरोप लगाउँदै उजुरी दर्ता गराएका हुन्।
उजुरीमा एन्फामा पदको दुरुपयोग गरि आर्थिक अनियमितता र भष्ट्राचार भएको भन्दै ११ आरोप लगाइएको भने अनुसन्धान गरेर कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ।
आरोपहरू यस्ता छन्-
राष्ट्रिय खेलकुद विकास ऐनमा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा खेलकुद परिषदको सिफारिसमा मन्त्रालयमार्फत् नेपाल सरकार अर्थ मन्त्रालयको सहमती लिनु पर्नेमा हालसम्म विदेशबाट लाखौं डलर ल्याइ अनधिकृत रुपमा रकमको हिनामिना गरेको।
राष्ट्रिय खेलकुद विकास ऐनकुनै विदेशी संघ संस्थासंग खेलकुद सम्बन्धित विषयमा समझदारी गर्दा मन्त्रालयको सहमती लिनु पर्नेमा साउदी अरेबीया फुटबल संघ, कोरिया फुटबल संघसंग सम्झौता गर्दा स्वीकृति नलिएको।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को धारा २८ को (ठ) खेलसँग सम्बन्धित संघ महासंघ वा ओलम्पिक कमिटीबाट प्राप्त सहयोग परिषदलाई जानकारी गराउनु पर्नेमा सो समेत नगरी अपरादर्शी तवरले रकम खर्च गरी अख्तियारको दुरुपयोग गरेको।
एन्फा अध्यक्ष, महासचिव र कोषाध्यक्षले पदको दुरुपयोग गरि संघको निर्णय बिना एन्फा उपाध्यक्ष दिपक खतिबडालाई ७ लाख पेश्की सापट दिई अख्तियारको दुरुपयोग गरेको। खतिवडालाई रकम दिने निर्णय कहि कतै नभएको र निज प्रतियोगिता सम्बन्धित व्यक्ति समेत नरहेको।
नेपाल प्रहरीमा जागीरे हुँदा बढुवा हुने प्रयोजनका लागि हरि खडकाले नक्कली सर्टिफिकेट पेश गरेको सम्बन्धमा सम्मानीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा दायर मुद्धामा दोषि करार गरेको व्यक्तिलाई कार्यवाहक टेक्निकल डाईरेक्टर बनाई तलब भत्ता खुवाई अख्तियारको दुरुपयोग गरेको।
आफ्नो पक्षको विभिन्न कार्यसमिति सदस्य तथा पदाधिकारीहरुलाई दैनिक तथा भ्रमण भत्ता जथाभावी बाडेको दर्ता चलानी समेत नगरी कृते पत्र तयार गर्ने अनि फलानो कार्यक्रमका लागि छलफलमा आउनु भनि भत्ता वाडने गरेको। ( उपस्थितिको माईन्यूट, कार्यक्रम सम्बन्धि प्रतिवेदन समेत नराखी)
निर्वाचित भए देखि नै अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलोमतोमा आर्थिक अनियमितता र गैर कानुनी कार्य गर्दै आएको। लेखा जस्ती संवेदनशिल विषयमा गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षको कांग्रेस पार्टिको तर्फबाट प्रत्यासी (लाभको पद धारण गरि स्थानीय निर्वाचन लडन नपाईने) एन्फाको गत निर्वाचनमा खालीवारी युवा क्लबको मताधिकार प्रतिनिधि भई एन्फा निर्वाचन २०७९ मा भोट खसालेका स्वार्थ वाझिने गरि कर्मचारीले सोही संस्थाको निर्वाचनमा भोट हालेको लेखा अधिकृत संजिव पाण्डेलाई नियम विपरित गैरकानुनी रुपमा पुर्ननियूक्ती गरि तलब भत्ता उपलब्ध गराउँदै अख्तियारको दुरुपयोग गरेको (जबकी पंकज विक्रम नेम्बाङ्ग नेतृत्वमा आए पछि पनि विभिन्न पदमा कर्मचारी नियुक्त गर्दा विज्ञापन गरी पदपूर्ति समिति मार्फत नियुक्त गरेको एन्फाको वेभसाईटमा हेर्न सकिन्छ।
आर्थिक नियमावली विपरित काम कारवाही गरेको ।
कार्यालय सहयोगीको रुपमा उदयपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत उदयपुर निवासी किरण राईले कुनै शैक्षिक योग्यता (प्रवेशिका परिक्षा समेत उत्तिर्ण नभएका) बिना नै पंकज नेम्बाङलाई रिझाई महासचिव पद खाएको, यद्यपी संघको विधानको धारा ६६ को (२) मा व्यावसायीक दक्षता चाहिने स्पष्ट छ। अहिले कुनै पनि निकायमा पियन पदमा जागीर खान समेत निश्चित शैक्षिक योग्यता चाहिन्छ। अध्यक्ष र कोषाध्यक्षले आफ्नो अख्तियारको दुरुपयोग गरि कार्यसमितिको निर्णय बिना नै निजलाई करिव १ लाख २० हजार तलव भत्ता उपलब्ध गराउदै अख्तियारको दुरुपयोग गरेको।
कार्यसमितिका सदस्यहरुको असहमतीका वावजुत विना प्रतिस्प्रर्धा फिफा विश्व कप प्रारम्भिक छनोट चरण अन्तर्गतको खेलको कमर्सियल एण्ड मिडिया राईट स्पोर्टस फाईभ, सिंगापुरलाई दिई भष्ट्राचार गरेको।