इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग पराजित भएको छ।
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह चरणको चौथो खेलमा युनाइटेड कोपनहेगनविरूद्ध ३-४ गोलले पराजित हुँदै अंक तालिकाको पुछारमा पुगेको हो।
४२ औं मिनेटमा रातो कार्ड पाउँदै रास्फोर्ड बाहिरिएपछि युनाइटेडले लय गुमाएको थियो। त्यसअघि युनाइटेडले २ कोपनहेगनविरूद्ध २ गोल गरिसकेको थियो।
रसमुस होजलण्डले तेस्रो र २८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बलियो अवस्थामा पुर्याएका थिए।
तर रास्फोर्ड बाहिरिएपछि पहिलो हाफ सकिनुअघि नै युनाइटेडले दुई गोल खान पुग्यो।
पहिलो हाफमा तीन मिनेट र थपिएको समय मात्र बाँकी रहेको स्थितिमा युनाइटेडले हाफ टाइम अगावै दुई गोल खान पुग्यो।
४५औं मिनेटमा मोहम्मद एल्युनुसी र थपिएको १३को नवौं मिनेटमा कोपनहेगनका डियगो गोनकाल्भेसले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई बराबरीमा पुर्याए। ह्यारी मग्वायरले डि-बक्सभित्र ह्याण्ड गरेपछि कोपनहेगनले पेनाल्टीको अवसर पाएको थियो।
दोस्रो हाफको ६८ औं मिनेटमा कोपनहेगनका लेरागरले डि-बक्सभित्र ह्याण्ड गरेपछि युनाइटेडले पनि पेनाल्टीको अवसर पाएको थियो। त्यसलाई कप्तान ब्रुनो फर्नान्डेजले सदुपयोग गरे।
८३ औं मिनेटमा कोपनहेगनले पुनः पेनाल्टी पाउँदा त्यसलाई लेरागनले सदुपयोग गरी खेललाई बराबरीको स्थितिमा पुर्याए। ८७औं रुनी बार्डघजिले गोल गर्दै कोपनहेगनको जित सुनिश्चित गरे।
हारसँगै समूह ‘ए’ मा रहेको युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ। उसको समूहबाट वायर्न म्युनिख नकआउट चरणमा पुग्दा युनाइटेडको नक आउट सम्भावना कठिन देखिएको छ।
प्रत्येक समूहबाट शीर्ष २ टिम नक आउट चरणमा प्रवेश गर्छ। ४/४ अंकसहित कोपनहेगन र गालातासराए दोस्रो र तेस्रो स्थानमा छ। पुछारमा रहेको युनाइटेडको ३ अंक मात्रै छ।