युक्रेनसँग बराबरी खेल्दै इटली युरोकप २०२४ का लागि छनोट भएको छ।
जर्मनीको बेअरेनमा आज बिहान युक्रेनसँग गोलरहित बराबरी खेल्दै इटली यसपालिको युरोकपमा छनोट भएको हो।
समूह चरणका ७ खेल खेल्दै इटली र युक्रेनले समान १३/१३ अंक बनाएका थिए। गोल अन्तरले इटली दोस्रो र युक्रेन तेस्रो स्थानमा थियो।
आजको खेल बराबरीमा सकिएपछि गोल अन्तरका आधारमा दोस्रो स्थान कायम राख्दै इटली युरोमा छनोट भएको हो।
तेस्रो स्थानमा रहेको युक्रेनले अब प्लेअफ खेल्नेछ।
समूह ‘सी’को शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड पनि युरोकपमा छनोट भइसकेको छ।