नेपाल सुपर लिगमा पोखरा थन्डर्सले विजयी सुरुवात गरेको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा पोखराले एफसी चितवनमाथि जित निकालेको हो।
खेलमा पोखराले १-० गोलको जित हात पारेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७१ मिनेटमा पोखराले अग्रता लियो।
पोखराका लागि मोसेस ग्याम्बाले गोल गर्न सफल भए। यससँगै पोखराले सिजनको सुरुवात जितबाट गर्न सफल भयो।