नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा ललितपुर एफसीले विजयी सुरुवात गरेको छ।
शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-० गोलले हरायो।
ललितपुरले दुवै गोल पहिलो हाफमै गरेको थियो। ललितपुरका लागि दिनेश हेन्जन र कप्तान अनन्त तामाङले गोल गरेका थिए।
दिनेशले २६ मिनेटमा पहिलो गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए।
पाँच मिनेटपछि ललितपुरले अग्रता दोब्बर पार्यो। कर्नर बलमा अनन्तले हेडमार्फत गोल गर्दा ललितपुर खेलमा सहज स्थितिम देखियो।