स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा कार्डिजमाथि ३-० को जित निकाल्दै रियल शीर्ष स्थानमा पुगेको हो।
रियलका लागि रोद्रिगोले १४ र ६३ मिनेटमा गरी दुई गोल गरे। बेलिङघमले रियलका लागि ७४ मिनेटमा तेस्रो गोल गरे।
जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले १४ खेलबाट ३५ अंक जोडेको छ।
दोस्रो स्थानमा झरेको गिरोनाले एक खेल कम खेल्दै ३४ अंक जोडेको छ।
तेस्रो स्थानको एट्लेटिको म्याड्रिड र चौथो स्थानको बार्सिलोनाको समान ३१ अंक छ।