स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
समूह ‘एच’ मा एफसी पोर्टोलाई २-१ ले हराएसँगै बार्सिलोना अन्तिम १६ मा पुगेको हो।
बार्सिलोनाका लागि कान्सेलोले ३२ र जोआओ फेलिक्सले ५७ मिनेटमा गोल गरे।
त्यसअघि पोर्टोका कोसाले ३० मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए।
जितसँगै बार्सिलोनाले अन्तिम खेलअघि १२ अंक जोडेको छ।
यता साविक विजेता म्यानचेस्टर सिटीले लाइपजिगलाई ३-२ ले हराएको छ।
खेलको पहिलो हाफमा लाइपजिगका ओपन्डाले १३ र ३३ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा २-० ले पछि परेको सिटीका लागि हाल्यान्डले ५४, फोडेनले ७० र अल्भारेजले ८७ मिनेटमा गोल गर्दै टिमलाई जिताए।
सिटी यसअघि अन्तिम १६ मा पुगिसकेको थियो।