नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल बराबरीमा सकिएको छ।
बुधबार साँझ दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
खेलमा पोखराले १३ प्रहार गोलका लागि गर्दा ४ प्रहार पोस्टमा गरेको थियो। ललितपुरले भने १ प्रहार मात्र पोस्टमा गर्न सक्यो।
यसअघि दुवै टिमले पहिलो खेलमा जित निकालेका थिए।
दोस्रो खेलमा बराबरी खेलेसँगै ललितपुर ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको पोखरा र तेस्रो स्थानको काठमाडौं रेजर्सको पनि समान ४ अंक भए पनि गोलअन्तरमा पछि परेका छन्।