युरो २०२४ को समूहको ड्र सार्वजनिक गरिएको छ। जसमा फ्रान्स र नेदरल्यान्ड्स एकै समूह 'डी' मा परेका छन्।
समूह ‘ए’ मा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डसँग खेल्ने पक्का भएको छ।
जर्मनीले शुक्रबार, १४ जुन २०२४ मा म्युनिखको एलियान्ज एरिनामा उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्नेछ।
युरो २०२० को फाइनलमा पुगेका इंग्ल्याण्डले १६ जुनमा सर्बिया विरुद्ध आफ्नो अभियान सुरु गर्नेछ ।
डिफेन्डिङ च्याम्पियन इटालीले समूह बीमा तीन पटकको विजेता स्पेन, क्रोएसिया र अल्बानियासँग प्रतिस्पर्धा गर्दैछ।
युरो २०२४ को फाइनल जुलाई १४ मा बर्लिनमा हुनेछ।
समूह ए: जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्विट्जरल्याण्ड
समूह बी : स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह सी: स्लोभेनिया, डेनमार्क, सर्बिया, इंग्ल्याण्ड
समूह डी: प्ले अफ विजेता ए, नेदरल्याण्ड्स, अस्ट्रिया, फ्रान्स
समूह ई: बेल्जियम, स्लोभाकिया, रोमानिया, प्ले अफ विजेता बी
समूह एफ: टर्की, प्ले अफ विजेता सी, पोर्चुगल, चेक गणतन्त्र
प्ले अफ विजेता ए : पोल्याण्ड, वेल्स, फिनल्याण्ड, इस्टोनिया
प्ले-अफ विजेताहरू बी : इजरायल, बोस्निया-हर्जेगोभिना, युक्रेन, आइसल्याण्ड
प्ले-अफ विजेताहरू सी : जर्जिया, ग्रीस, काजाकिस्तान, लक्जमबर्ग