नेपाल सुपर लिग (एनएसएल) लिग प्रतियोगितामा बुटवल लुम्बिनी एफसीले पहिलो जित हात पारेको छ।
आज दशरथ रंगशालामा भएको खेलमा बुटवलले स्पोर्टिङ इलाम डे मेची एफसीलाई २-१ गोलले पराजित गर्यो।
बुटवलका लागि स्टेफिन बिनोङले ४९ मिनेटमा पहिलो गोल गरेका थिए। ५७औं मिनेटमा इलामले पेनाल्टीपाए पनि फोडे कमाराले हानेको पेनाल्टी बुटवलका गोलकिपर मोहोमोदउले विफल पारे।
तर इमालका अब्डोलुङ बाले ७८ मिनेटमा बराबरी गोल गरे।
खेल सकिन २ मिनेट बाँकी छदा एरिक विष्टले गोल गरेपछि बुटवलले जित निकाल्यो।
सुरुवाती दुई खेलमा पराजित बुटवलले पहिलो जित निकालेर ३ अंक जोडेर छैटौं स्थानमा उक्लियो। इलाम भने तीन खेलमा एक जितसहित सातौं स्थानमा छ।