लिभरपुलले फुलह्यामलाई पराजित गरेको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले फुलह्यामलाई ४-३ गोलले हराएको हो।
एनफिल्डमा भएको खेलको २० औं मिनेटमा बर्न्ड लिनोले आत्मघाती गोल गर्दा लिभरपुलले सुरूवाती अग्रता लिएको थियो।
२४ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
३८ औं मिनेटमा एलिस्टरले गोल गर्दै लिभरपुललाई १ गोलको अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा फुलह्यामका लागि केन्नी टेटेले गोल गर्दा खेल पुनः बराबरीमा पुगेको थियो।
दोस्रो हाफमा गोलको खडेरी तोड्दै ८० औं मिनेटमा बबी डे कोर्डोभा रेइडले फुलह्यामलाई १ गोलको अग्रता दिलाएका थिए।
८७ औं र ८८ औं मिनेटमा इन्डो र आर्नल्डले गोल गरेपछि लिभरपुल ४-३ गोलले विजयी भएको हो।
जितसहित लिभरपुल ३१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानको आर्सनलको ३३ अंक छ।