अखिल नेपाल फुटबल संघ (एन्फा) र सी डिभिजन क्लबबीच सहिद स्मारक सी डिभिजन लिगको बारेमा छलफल भएको छ।
गत वर्ष हुन नसकेको लिग यो वर्षको फागुन १५ गर्न एन्फा र सी डिभिजन क्लब सहमत भएको एन्फाले जनाएको छ।
त्यसका लागि एक महिनाभित्र एन्फाले सी डिभिजन क्लब दिनु पर्ने पुरानो रकम दिनु पर्ने सी डिभिजन क्लबका संयोजक तथा महावीर क्लबका अध्यक्ष दिवाकर घलेले बताए।
उनका अनुसार दिनु पर्ने रकमसहित तयारी खर्चको पहिलो किस्ता एक महिना नै अघि उपलब्ध गराउन सी डिभिजन क्लबको माग छ।
छलफलमा सी डिभिजन लिग हेटौंडामा गर्ने प्रस्ताव गरिएको छ। हेटौंडामा गर्ने भए खाने र बस्ने व्यवस्था गर्न क्लबहरूले माग गरेका छन्। त्यसका लागि उपमहानगरसँग कुरा गर्ने एन्फाका प्रतिनिधिले बताएका थिए।