इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले टोटेनहमलाई हराएको छ।
बिहीबार राति भएको खेलमा वेस्ट ह्याम २-१ ले विजयी भएको हो।
खेलको ११ मिनेटमा रोमेरोको गोलबाट टोटेनहमले खेलमा अग्रता लिएको थियो।
वेस्ट ह्यामले खेलको दोस्रो खेलमा दुई गोल गर्दै जित निकाल्यो। उसका लागि वोयनले ५२ र वार्ड प्रोसले ७४ मिनेटमा गोल गरे।
अंक तालिकामा १५ खेलबाट २४ अंक जोडेर वेस्ट ह्याम नवौं स्थानमा छ। टोटेनहम २७ अंकसहित पाँचौ स्थानमा छ।
यता लिगको अर्को खेलमा न्युकासलमाथि एभर्टनले ३-० गोलको जित निकालेको छ।