नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार एफसी चितवनलाई ३-१ गोलले हराउँदै ललितपुर शीर्ष टिम बनेको हो।
ललितपुरका लागि पापा केबेले दुई गोल गर्दा विवेक बस्नेतले एक गोल थपे।
जितसँगै ललितपुरले ५ खेलबाट ९ अंक जोडेको छ। ४ खेलबाट ८ अंक जोडेको धनगढी दोस्रो स्थानमा झर्दा चीतवन ५ अंकसहित छैटौं स्थानमा छ।