जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति बार्सिलोनामाथि ४-२ गोलको जित निकाल्दै जिरोना शीर्ष स्थानमा पुगेको हो।
पहिलो हाफमा जिरोनाले २-१ अग्रता लिँदा दोस्रो हाफमा पनि समान गोल भएको थियो।
लिगमा जिरोनाले १६ खेलबाट ४१ अंक जोडेको छ। दोस्रो स्थानको रियलको ३९ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३४ अंक छ। बार्सिलोना पनि ३४ अंक छ।
जिरोनाले ला लिगाको चौथो सिजन खेलिरहेको छ भने उसले लिगमा अहिलेसम्म दशौं स्थानभन्दा माथिको नतिजा हात पार्न सकेको छैन।