नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले दोस्रो जित हात पारेको छ।
आज दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले पोखरा थन्डर्सलाई २-१ गोलले हरायो।
काठमाडौंको जितमा जुनियर एनकेन्गुइले ८२ मिनेट र शोखरुखले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
त्यसअघि खेलको ५७ मिनेटमा आयुष घलानले ५७ मिनेटमा गोल गरेर पोखरालाई अग्रता दिलाएका थिए।
जितसँगै काठमाडौं तेस्रो स्थानमा उक्लियो। काठमाडौंले ५ खेलबाट ८ अंक जोडेको छ। चौथो स्थानमा झरेको पोखराको पनि ८ अंक छ।