राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।
खेलमा सुरुआती अग्रता भने इलामले लियो। इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन्।
तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन।
वीरगञ्जका भिषण गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बरारीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुको पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरे।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो। जसमा विलियम ओपोकुले गोल गर्न सफल भए।
यस जीतसँगै वीरगञ्जले पाँच खेलमा ५ अङ्क जोडेको छ । इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।