युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ।
समूहको अन्तिम खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३-२ गोलले हरायो।
सिटीका लागि हामिल्टनले १९ मिनेटमा पहिलो गोल गर्दा बोबले ६२ मिनेटमा अग्रता दोब्बर पारे। सिटीका लागि फिलिप्सले ८५ मिनेटमा पेनाल्टीबाट तेस्रो गोल गरे।
रेड स्टारका लागि बेओमले ७६ र कटाइले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
समूहमा सिटीले ६ खेलबाट १८ अंक जोड्दा लाइपजिग १२ अंकसहित अन्तिम १६ मा पुग्यो। योङ ब्वाइजले ४ अंक र रेड स्टारले १ अंक मात्र जोड्न सके।