युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना समूहको अन्तिम खेलमा पराजित भएको छ।
यसअघि नै अन्तिम १६ मा पुगेको बार्सिलोनालाई बेल्जियमको रोयल आन्थ्रोपले ३-२ गोलले हरायो।
खेलको ९० सेकेन्डमै आन्थ्रोपका भरमीरनले गोल गरेका थिए। तर ३५ मिनेटमा बार्सिलोनाका टोरेशले बराबरी गोल गरे।
आन्थ्रोपका लागि जानसेनले ५६ मिनेटमा गोल गर्दा टिमले फेरि अग्रता लियो। दोस्रो हाफको इन्जुरी टाइममा बार्सिलोनाका गुइले फेरि बराबरी गोल फर्काए।
एक मिनेटपछि आन्थ्रोपका इलेनीखेनाले गोल गर्दा खेल आन्थ्रोपले जित्यो।
समूहमा बार्सिलोना र पोर्टो १२-१२ अंकसहित अन्तिम १६ मा पुगे। शख्तर भने ९ अंकमा सीमित भयो भने आन्थ्रोपले अन्तिम खेलमा जित निकाल्दै ३ अंक जोड्यो।