इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी फेरि अर्को खेलमा बराबरीमा रोकिएको छ।
सिटी शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेससँग दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो।
खेलको २४ मिनेटमा ग्रेलिस र ५४ मिनेटमा लेविसको गोलबाट सिटीले खेलमा २-० गोलको अग्रता लिएको थियो।
तर प्यालेसका लागि मानेटाले ७६ र ओलिसले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल गरे।
यसअघि अघिल्लो खेलमा लुटनलाई पराजित गरेपछि सिटीले ५ खेलको जितबिहीन यात्रा टुंगाएको थियो।
अंक तालिकामा सिटी १७ खेलबाट ३४ अंक जोड्दै चौथो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको ३७ अंक छ भने आर्सनल ३६ अंकसहित दोस्रो र एस्टन भिल्ला ३५ अंकसहित तेस्रो स्थानमा छन्। शीर्ष तीन टिमले सिटीको भन्दा एक खेल कम खेलेका छन्।