अखिल नेपाल फुटबल संघ (एन्फा) को सिइओमा इन्द्रमान तुलाधार नियुक्त भएका छन्। सोमबार बसेको एन्फाको कार्यसमिति बैठकले विरोधका बीच तुलाधरलाई सिइओ नियुक्त गरेको हो।
केन्द्रीय सदस्यहरूले सिइओ नियुक्त गर्न खुला दरखास्त आह्वान गर्ने एन्फाले यसअघि दुई पटक निर्णय गरेको बारे अध्यक्ष पंकजबिक्रम नेम्बाङलाई स्मरण गराएका थिए।
तुलाधर अघिल्लो कार्यकालमा एन्फाको महासचिव थिए। संकटा क्लबको अध्यक्ष समेत रहेका तुलाधर डेढ वर्षअघि भएको एन्फा निर्वाचनमा अध्यक्ष नेम्बाङविरुद्धको कर्माछिरिङ शेर्पाको प्यानलमा थिए।
गत महिना हेडौटौंमा भएको विशेषसाधारणभामा नेम्बाङविरूद्धको अविश्वास प्रस्तावलाई विफल बनाउन तुलाधरणले भूमिका खेलेका थिए। यद्यपी उनै तुलाधरले अविश्वासको प्रस्ताव गर्नेका लागि शेर्पा समूहलाई साथ दिएका थिए।
पछिल्लो समय लगातार एन्फाको कुनै न कुनै भूमिका रहेका तुलाधारलाई साथ लिएपछि नेम्बाङलाई कार्यसमितिमा आफ्नो अल्पमत टार्न सजिलो भएको छ। नेम्बाङ अध्यक्ष भएदेखि नै कार्यसमितिमा अल्पमतमा परेका थिए।
एन्फाका निर्णयहरू :-