साविक विजेता म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा डेनमार्कको कोपेनहेगनसँग खेल्ने भएको छ।
युइएफले सार्वजनिक गरेको ड्रअनुसार अर्को इंग्लिस क्लब आर्सनलले पोर्चुगलको पोर्टोको सामना गर्नेछ।
आफ्नो समूहमा म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै डेनिस च्याम्पियन कोपेनहेगन सन् २०११ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो।
अन्तिम १६ को पहिलो लेग १३/१४ तथा २०/२१ फेब्रुअरी र दोस्रो लेग ५/६ तथा १२/१३ मार्चमा हुनेछन्।
कीर्तिमानी १४ पटकको विजेता रियल म्याड्रिडले लाइपजिगसँग खेल्नेछ। गत सिजनको उपविजेता इन्टर मिलानले एट्लेटिको म्याड्रिडसँग खेल्नेछ र बायर्न म्युनिखले लाजियोसँग खेल्नेछ।
फाइनल १ जुनमा लन्डनमा हुनेछ।
अन्तिम १६ ड्र
पोर्टो विरुद्ध आर्सनल
नापोली विरुद्ध बार्सिलोना
पेरिस सेन्ट जर्मेन विरुद्ध रियल सोसिडाड
इन्टर मिलान विरुद्ध एट्लेटिको मड्रिड
पिएसभी विरूद्ध बोरूसिया डर्टमन्ट
लाजियो विरुद्ध बायर्न म्युनिख
कोपेनहेगन विरुद्ध म्यानचेस्टर सिटी
लाइपजिग भर्सेस रियल म्याड्रिड