युरोपियन तथा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ।
साउदी अरेबियामा विभिन्न महादेशका च्याम्पियन्स क्लबबीच भइरहेको प्रतिस्पर्धामा सिटीले सेमिफाइनलमा जापानको उरावा रेड डाइमन्ड्सलाई ३-० गोलले पराजित गर्यो।
पहिलो हाफको इन्जुरी समयमा जपानिज क्लबले आत्मघाती गोल गर्दा सिटीले अग्रता लिन सफल भयो।
सिटीका लागि कोभासिकले ५२ मिनेटमा अग्रता दोब्बर पारे। ५९ मिनेटमा बेर्नान्डो सिल्भाले तेस्रो गोल गर्न सफल भए।
सिटीले उपाधिका अब दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलियन क्लब फ्लुमिनेन्ससँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
फाइनल जितेमा सिटी म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि उपाधि जित्ने चौथो इंग्लिस क्लब हुनेछ।
प्रशिक्षक पेप ग्वार्डिओलाले यसअघि दुई क्लबबाट उपाधि जितेका थिए। उनले बार्सिलोना र बार्यन न्युनिखका लागि उपाधि जितेका थिए।
यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा ब्राजिलको फ्लुमिनेन्सले इजिप्टको अल अहलीलाई २-० ले हराएको थियो।