नेपाल सुपर लिग (एनएसएल) ले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकालाई प्रतिबन्ध लगाएको छ। यस्तै स्पोर्टिङ इलाम एफसीका कप्तान विकेश कुथुलाई जरिमाना गर्ने निर्णय गरेको छ।
इलाम र वीरगन्ज युनाइटेडबीचको खेलमा रेफ्रीमाथि गाली गलौजमा उत्रिएको भन्दै कुथुलाई १० हजार जरिमाना गरिएको छ।
सो खेलमा उनले रातो कार्ड पाएका कारण एक खेल गुमाएका थिए।
यस्तै इलाम र ललितपुरबीचको खेलका दौरान अनुशासन उल्लघंन गरेको भन्दै सिलाकारलाई यो सिजनको एनएसएलबाट तत्काल प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।
उनलाई २० हजार रुपैयाँ व्यक्तिगत जरिमाना समेत गरिएको छ। सिलाकारले सहायक रेफ्री सुरोजित दासलाई दुर्व्यवहार गरेको एनएसएलको ठहर छ।
यता एनएसएलको अनुशासन समितिले अखिल नेपाल फुटबल संघको अनुशासन समितिलाई घटनाको विषयमा थप अनुसन्धान गर्न आवश्यक ठाने अनुसन्धान गर्न अनुरोध गरेको छ।
यस्तै एनएसएलले सहभागी सबै ९ क्लबलाई स्पोर्ट्सम्यानसिपलाई ख्याल गर्न लिखित पत्र समेत पठाएको छ।