नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले सानदार जित हात पारेको छ।
आज दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौं रेजर्समाथि ४-१ गोलको जित निकाल्यो।
खेलमा काठमाडौंले एनकेग्युको गोलबाट २०औं मिनेटमा अग्रता लियो।
पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जका ओपोकुले पेनाल्टीबाट बराबरी गोल गरे।
४६ मिनेटमा सुनील खड्काको गोलबाट वीरगञ्जले अग्रता लियो।
५५ र ५७ मिनेटमा ओपोगकुले गोल गर्दै ह्याट्रिक पूरा गर्दा वीरगञ्ज ४-१ गोलले अघि बढेको थियो।
जितसँगै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको वीरगञ्जको ८ अंक भएको छ। काठमाडौं ९ अंकसहित पाँचौ स्थानमा छ।