ललितपुर सिटी एफसी नेपाल सुपर लिग फुटबल प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ।
मंगलबार दशरथ रंगशालामा साविक विजेता काठमाडौं रेजर्सलाई ३-० गोलले हराउँदै ललितपुर क्वालिफायरमा पुगेको हो। काठमाडौं भने बाहिरिएको छ।
अब फाइनल प्रवेशका लागि ललितपुरले पोखरा थन्डर्ससँग खेल्नेछ।
यसअघि धनगढी एफसीले फाइनलमा स्थान पक्का थियो।
ललितपुरको जितमा इमोह इजेखेइलले दुई गोल गरे। उनले खेलको ३६ र ५२ मिनेटमा गोल गरेका थिए।
यस्तै पापा केबेले ४४ मिनेटमा ललितपुरको अग्रता दोब्बर पारेका थिए।