इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सी र वुल्भ्स विजयी भएका छन्।
चेल्सीले क्रिस्टल प्यालेसलाई र वुल्भ्सले ब्रेन्टफोर्डलाई हराएको हो।
स्टाम्फोर्ड ब्रिजमा चेल्सीले क्रिस्टल प्यालेसविरूद्ध २ गोल गर्यो। मिखाइलो मुद्रिकले १३ औं मिनेटमा चेल्सीलाई पहिलो अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा क्रिस्टल प्यालेसका मिचाइल ओलिसेले बराबरी गरेका थिए।
८९ औं मिनेटमा चेल्सीले पेनाल्टी पाएपछि नोनी मदुइकेले त्यसको सदुपयोग गर्दा क्रिस्टल प्यालेसविरूद्ध २-१ गोलको जित निकाल्न सफल भएको हो।
जिटेक कम्युनिटी स्टेडियममा वुल्भ्सले ब्रेन्टफोर्डविरुद्ध चार गोल गर्यो।
१३औं मिनेटमा मारियो लेमिनाले, १४ औं र २८ औं मिनेटमा ह्वाश्र हि-चानले र ७९ औं मिनेटमा जिनरिक्नर बेलेगार्डेले गोल गरेका थिए।
ब्रेन्टफोर्डले १६ औं मिनेटमा गरेको गोल सान्त्वना सावित भयो।
अंकतालिकामा चेल्सी २५ अंकसहित दसौं स्थानमा, वुल्भ्स ११ औं स्थानमा, ब्रेन्टफोर्ड १४ औं स्थानमा र क्रिस्टल प्यालेस १५ औं स्थानमा छ।