ललितपुर सिटी एफसी नेपाल सुपर लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।
बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्समाथि एक्स्ट्रा समय पुगेको खेलमा २-१ गोलको जित निकाल्दै ललितपुर फाइनलमा पुगेको हो।
पहिलो हाफको इन्जुरी समयमा इमो इजेकेइलको गोलबाट ललितपुरले खेलमा अग्रता लिएको थियो।
७१ मिनेटमा स्टेफन इन्नोरले पोखराका लागि बराबरी गोल गर्न सफल भएका थिए। त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा खेल एक्स्ट्रा समयमा पुग्यो।
जहाँ ललितपुरका कुशल देउवाले ९९ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २-१ ले अघि बढाएका थिए।
अब उपाधिका लागि ललितपुरले शनिबार दशरथ रंशगालामा धनगढी एफसीसँग खेल्नेछ।