इकाली गुन्डोगनले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि बार्सिलोनाले ला लिगामा लास पालमसलाई २-१ गोलले हराएको छ।
खेलको १२ मिनेटमा हडाडीले गोल गरेपछि पालमसले खेलमा अग्रता लिएको थियो।
५५ मिनेटमा टोरेशको गोलबाट बार्सिलोनाले खेलमा बराबरी गर्न सफल भयो।
इन्जुरी टाइमको पहिलो मिनेटमा पालमसका सिंकग्राभेनले रातो कार्ड पाएपछि गुन्डोगनले पेनाल्टीमा गोल गरे।
लिगमा बार्सिलोना ४१ अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको रियल म्याड्रिड र दोस्रो स्थानको जिरोनाको ४८-४८ अंक छ।